युवा स्ट्राइरक एन्ड्रिकले खेलको अन्तिम मिनेटमा गोल गरेपछि मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको छ। आइतबर बिहान भएको खेलमा एन्ड्रिकको गोल मद्दतमा ब्राजिलले मेक्सिकोमाथि ३–२को जित निकाल्यो।
खेलमा अग्रता पनि ब्राजिलले नै लिएको थियो। उसका आन्द्रेस परेराले साभियोको पासमा ५औं मिनेटमा ब्राजिललाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।
५४औं मिनेटमा पुनः ब्राजिलले अग्रता लियो। ग्याब्रिअल मार्टिनेलीले यान कुटोको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि लागतार २ गोल गर्दै मेक्सिको खेलमा फर्कियो। ७३औं मिनेटमा उसका जुनिअन क्युनिनोनेसले गोल गरेका थिए भने इन्जुरी समयको दोस्रो मिनेटमा गुइलेर्मो मार्टिनेजले गोल गरेका थिए।
बराबरीतर्फ उन्मूख भएको खेलमा इन्जुरी समयको छैठौं मिनेटमा एन्ड्रिकले भिनिसियस जुनियरको क्रसमा डिबक्सभित्रबाट हेडिङमार्फत गोल गरे। १७ वर्षीय एन्ड्रिकले ब्राजिलका लागि ५ खेलमा ३ गोल गरेका छन्। अघिल्लो वर्ष राष्ट्रिष्य टिममा डेब्यू गरेका उनले यो वर्ष लागतार तीन खेलमा गोल गरेका छन्।