म्यानचेष्टर सिटी र आर्सनल विजयी, युनाइटेड पराजित

25 Feb, 2024

प्रिमियर लिगमा उपाधि होडमा म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी हुँदा म्यान्चेस्टर युनाइटेड भने पराजित भएको छ।

फिल फोडेनको एक मात्र गोल मदतमा म्यानचेष्टर सिटीले शनिबार राति भएको खेलमा प्रिमियर लिगमा बर्नमाउथलाई १–० ले पराजित गरेको छ। बर्नमाउथको मैदान भाइटालिटी स्टेडियममा भएको खेलमा सिटीका लागि फोडेनले २४औं मिनेटमा गोल गरे।

जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी १ मा झारेको छ। २६ खेलबाट लिभरपुलको ६० अंकसहित शीर्षमा छ । दोस्रो स्थानको सिटीको समान खेलबाट ५९ अंक छ ।

यस्तै आर्सनलले न्युकासल युनाइटेडलाई ४(१ ले पराजित गर्दै लिभरपुल र सिटीलाई टक्का दिइरहेको छ । तीन टोली एक(एक अंकको अन्तरमा छन् । जितपछि आर्सनलको २६ खेलबाट ५८ अंक भएको छ ।

आर्सनलको जितमा काइ हाभार्टले २४औं, बुकायो साकाले ६५औं र जाकुव किविओरले ६९औं मिनेटमा गोल गरे। स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए। न्युकासलका लागि ज्याक विल्लकले ८४औं मिनेटमा सान्त्वना गोल फर्काए ।

लिगको अन्य खेलमा म्यानचेष्टर युनाइटेड फुलहमसँग २–१ ले पराजित भयो। खेलमा फुलहमका लागि काल्भिन बासी र एलेक्स इओवीले गोल गरे भने युनाइटेडका ह्यारी मग्वेयरले गोल गरेका थिए।

अन्य खेलमा एस्टन भिल्लाले नटिङहम फरेस्टलाई ४–२ ले र क्रिस्टल प्यालेसले बर्नलीलाई ३–० ले हराउँदा ब्राइटन र एभरटनले १ल्१ को बराबरी खेलेका छन्।