यो सिजन प्रिमियर लिगबाट ६ क्लबले च्याम्पियन्स लिग खेल्ने छन्। जसमा प्रिमियर लिगका शीर्ष ५ टिम हुनेछन् भने अर्को टिम युरोपा लिग विजेता टोटनमह रहने छन्।
लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको लिभरपुले यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका थिए। लिगको अन्तिम दिन अन्य तीन टोलीको टुंगो लाग्यो। जसमा, म्यान्चेस्टर सिटी, चेल्सी र न्युसकासल युनाइटेड रहे।
अन्तिम खेलमा फुलमहमलाई २–०ले हराएको सिटी ७१ अंकसहित तेस्रो स्थानमा हरँदै च्याम्पिन्स लिगमा छनोट हुँदा चौथो स्थानमा रहेको चेल्सीले अन्तिम खेलमा नटिङ्हम फरेस्टलाई हरायो। चेल्सीको ६९ अंक छ। यता, चेल्सीसँग पराजित भएपछि च्याम्पियन्स लिग खेल्ने अवसर गुमाएको नटिङ्हमले कन्फ्रेन्स लिग खेल्ने छ।
यस्तै, न्युसकासल भने अन्तिम खेलमा पराजित भएपनि पाँचौं स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो। ऊ आइतबार भएको खेलमा एभर्टनसँग १–०ले पराजित भयो। एस्टानभिल्ला हार्दा न्युकासलका भाग्य खुलेको हो।
यता, अनितम खेलमा खराब लयमा रहेको म्यान्चेस्टर युनाइटेडसँग २–०ले पराजित हुँदा एस्टन भिल्ला भने लागतार दोस्रो पटक च्याम्पियन्स लिग खेल्ने अवसर गुमाएको छ। ६६ अंकसहित छैठौं स्थानमा रहेको उसले युरोपा लिग खेल्नेछ।
