उपाधि होडमा रहेका लिभरपुल र आर्सनल पराजित, सिटीलाई फाइदा

15 Apr, 2024

इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेका दुई क्लब लिभरपुल र आर्सनल घरेलु मैदानमै पराजित भएका छन्।

आइतबर राति भएका खेलमा उपाधि दाबेदार लिभरपुल एन्डफिल्डमा क्रिस्टल प्यालेससँग १–०ले पराजित भयो भने आर्सनल इमिरेट्समा एस्टन भिल्लासँग २–०ले स्तब्ध भयो।

उपाधि होठमा रहेका दुई टिम पराजित हुँदा त्यसको फाइदा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई फाइदा भएको छ। लिभरपुल र आर्सलन पराजित हुँदा सिटीले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ।

समान ३२ खेलबाट सिटीको ७३ अंक छ भने आर्सनल र लिभरपुलको समान ७१ अंक छ।

टोलीको हारपछि शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ ।

आइतबार भएको खेलमा लिभरपुल घरेलु मैदान एन्फिल्डमा क्रिस्टल प्यालेससँग १–० ले पराजित भयो। प्यालेसलाई महत्वपूर्ण जित दिलाउन एबेरेची एजेले १४औं मिनेटमा गोल गरे।

यता, आर्सलनले पनि लिभरपुल पराजित भएको फाइदा उठाउन सकेन। ऊ घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भयो।

आर्सनललाई हराउन एस्टन भिल्लाले अन्तिम ६ मिनेटमा दुई गोल गरेको थियो । लियोन बेलीले ८४औं र ओली ओट्किन्सले ८७औं मिनेटमा गोल गरेका थिए।