प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुललाई गम्भीर धक्का लागेको छ। लिभरपुलको उपाधि सपनामा एभर्टनले गम्भीर धक्का दिएको छ।
बुधबार राति भएको मर्सिसाइड डर्बीमा लिभरपुल एभर्टनसँग २–० ले पराजित भयो।
३४ खेलबाट लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा ३ अंकले पछि हो। आर्सनल भन्दा लिभरपुल गोलअन्तरमा पछि छ ।
यस्तै तेस्रो स्थानको म्यानचेष्टर सिटी भन्दा लिभरपुल एक अंकले मात्र छ । तर सिटीले ३२ खेल मात्र खेलेको छ। सिटीले २ खेल कम खेलेको छ। लिभरपुलको यस हारले शीर्ष स्थानको आर्सनललाई पनि राहत मिलेको छ।
एभरटनलाई घरेलु मैदानमा जित दिलाउन जाराड ब्रान्थवेइटले २७औं तथा डोमिनिक काल्भर्ट लेविनले ५८औं मिनेटमा गोल गरे।
हारपछि लिभरपुलका कप्तान भर्जिल भान डाइकले आफ्नो टिमसँग जितको इच्छाशक्ति नभएको भन्दै प्रश्न उठाएका छन्। उनले यदि खेलभर यस्तै खालको प्रदर्शन गरेमा लिभरपुलले उपाधि जित्ने सम्भावना नभएको बताए।