इंग्लिस प्रिमियर लिगको उपाधिका डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र आर्सनलबीच कडा टक्कर देखिएकको छ। दुवै टिमले आइतबार राति जित निकाल्दै उपाधिको दाबेदारी कायमै राखे।
सिटीले नटिङहम फरेस्टलाई २–० ले हराउँदा आर्सनलले भने टोटनहमलाई ३–२ले हरायो।
नटिङमाथि सिटीलाई जित दिलाउन जस्को ग्वार्डिओल अर्लिङ हालान्डले गोल गरे।
टोटनहमका पिएरे एमिल होएभर्गले आत्मघाती गोल गरेपछि आर्सनलले १५औं मिनेटमा अग्रता लिएको थियो। बुकायो साकाले २७औं र काइ हाभार्ट्सले ३८औं मिनेटमा गोल गरेपछि बर्सनलले पहिलो हाफमै ३ गोलको अग्रता बनाएको थियो ।
टोटनहमका लागि क्रिस्टियन रोमेरो र सन मिन हेउङले दोस्रो हाफमा गोल गरेपनि हार टार्न सकेन।
जितपछि ३५ खेलबाट ८० अंकसहित आर्सनल शीर्ष स्थानमा छ। एक खेल कम खलेको सिटी आर्सनलभन्दा एक अंकले मात्र पछि छ। सिटीको ३४ खेलमा ७९ अंक छ।