प्रिमियर लिगमा लिभरपुल, टोनहम र चेल्सी विजयी, क्रिस्टल प्यालेससँग रोकियो युनाइटेड

22 Sep, 2024

इंग्लिस प्रियिमर लिगमा लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले बोर्नेमाउटमाथि ३–०को जित निकाल्यो।

उसलाई जित दिलाउन लुइस डियाजले २ गोल गरे भने अर्को गोल डार्विन नुनेजले गरे। लिभरपुलले तीनै गोल पहिलो हाफमा गरेको थियो।

डिजमलले २ मिनेटमा २ गोल गरेका थिए। उनले २६ र २८औं मिनेटमा गोल गर्दै टिमलाई २–०को अवस्थामा ल्याएका थिए। त्यसपछि ३८औं मिनटमा नुनेजले गोल गरेपछि लिरभपुल ३–०ले विजयी भयो। लिभरपुलले लिगमा ५ मध्ये ४ खेलमा क्लिनसिट निकालेको हो।

यस्तै, अर्को खेलमा चेल्सीले वेस्टह्यामलाई ३–०ले नै हरायो। उसका लागि निकोलस ज्याक्सनले २ गोल गरे भने कोल पाल्मरले १ गोल गरे।

ज्याक्सनले चौथो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। १८औं मिनेटमा उनले नै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि ४७औं मिनेटमा पाल्मरले गोल गरेपछि चेल्सी ३–०ले विजयी भयो। योसँगै इन्डो मारेस्का सुरुआती तीन अवे म्याच जित्ने पेप ग्वार्डिओलापछि पहिलो र समग्रमा आठौं प्रिमियर लिग प्रशिक्षक बनेका छन्।

अर्को खेलमा टोटनहमले १ गोलले पछि परेको अवस्था उल्टाउँदै ब्रेन्टफोर्डमाथि ३–१को पुनरामगन जित निकाल्यो। ब्रेन्टफोर्डका बार्यन एमबेउमोले २२ सेकेन्डमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, त्यसपछि ८औं मिनेटमा डोमिनिक सोलन्केले ८औं, ब्रनान जोन्सनले २८औं र जेम्स माडिन्सनले ८५औं मिनेटमा गोल गरेपछि टोटनहम विजयी भयो।

एन्टनभिल्लाले पनि १ गोलले पछि परेको अवस्था उल्टाउँदै वुल्भ्सलाई ३–१ले हराउँदा फुलहमले न्युकासललाई ३–१ले नै हरायो।

यता, म्यान्चेस्टर युनाइटेड भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो। खेलमा युनाइटेडले दबाब बनाए पनि गोल भने गर्न सकेन। उसका अलेहान्द्रो गर्नाचो र कप्तान ब्रुनो फर्नान्डेसको प्रहार क्रसबारमा लागेको थियो।