लिभरपुल शीर्ष स्थानमा उक्लियो, पाल्मरको ४ गोलमा चेल्सी विजयी

29 Sep, 2024

अर्न स्लटको टिम लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा वुभ्ल्भमाथि २–१को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।

लिभरपुललाई म्यान्चेस्टर सिटी लागतार २ खेलमा बराबरीमा रोकिँदाको फाइदा भयो। लिभरपुलको ६ खेलमा १५ अंक ६ भने दोस्रो र तेस्रो स्थानमा रहेका सिटी र आर्सनललको समान १४ अंक छ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र इब्राहिम कोनाटेले गोल गरे भने वुल्भ्सका रायन इट नोउरीले गोल गरेका थिए।

खेलमा पहिलो इन्जुरी सयमको पहिलो मिनेटमा कोनाटेको गोलमा लिभरपुलले अग्रता लियो। तर, ५६औं मिनेटमा नोउरीले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए। तर, ६१औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनले पेनाल्टीमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा लिभरपुल विजयी भयो।

यस्तै, अर्को खेलमा कोल पाल्मरले ४ गोल गरेपछि चेल्सीले ब्राइटनमाथि ४–२को सानदार जित निकाल्यो। पाल्मरले पहिलो हाफमा २० मिनेटमा ४ गोल गरेका थिए। उनले २१औं, २८औं, ३१औं र ४१औं मिनेटमा गोल गरेका थिए।

यो सँगै उनी प्रिमियर लिगमा पहिलो हाफमै ४ गोल गर्ने पहिलो खेलाडी बनेका छन्। यस्तै, उनी फ्यांक लाम्पार्टपछि ४ गोल गर्ने चेल्सीका खेलाडी बनेका छन्।

खेलमा ब्राइटनका जर्जिनियो रुटर र कार्लोस बलेबाले गोल गरेका थिए। यो जितसँगै चेल्सी १३ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ भने ब्राइटन ९ अंकसहित आठौं स्थानमा छ।

यस्तै, अर्को खेलमा आर्सनलले लेस्टर सिटीमाथि ४–२कै जित निकाल्यो। उसका लागि ग्याब्रिअल मार्टिनेली, नियान्द्रो ट्रोसार्ड र काइ हाभर्ट्जले गोल गर्दा अर्को गोल आत्मघाति भएको थियो। लेस्टरका जेम्स जस्टिनले दुवै गोल गरेका थिए।