इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्ट विजयी भएको छ।
शनिबार विहान प्रिमियर लिगको इष्ट मिडल्यान्ड्स डर्बीमा नटिङ्घम फरेस्ट लेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ।
खेलमा लेस्टरले बल नियन्त्रणमा राखे पनि पाहुना टोली नटिङ्घमले कप्तान रयान याट्सको २० यार्डको गोलमार्फत १६ औं मिनेटमा अग्रता लियो।
तर, २३औं मिनेटमा जेमी वार्डीले ह्यारी विङ्कसको उत्कृष्ट पासमा गोल गर्दै लेस्टरलाई बराबरीमा फर्काएका थिए।
पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेले पनि नटिङ्घम फरेस्टका विङ्गरहरू क्यालम हड्सन–ओडोइ र एन्टोनी एलांगाले दोस्रो हाफमा आक्रमण बढाउँदै लेस्टरमाथि दबाब कायम गरेका थिए।
दोस्रो हाफको सुरुमै अर्थात् ४७औं मिनेटमा चिस वुडले उत्कृष्ट बल नियन्त्रण गर्दै गोल गरेपछि फरेस्टले २–१ को अग्रता लिएका थियो।
६० औं मिनेटमा लेस्टरका वाउट फेसको गल्तीको फाइदा उठाउँदै वुडले नै हेडर गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो र फरेस्टको तेस्रो गोल गरेका थिए।
जितसँगै फरेस्ट पाँचौं स्थानमा उक्लिएको छ। जसले युरोपियन फुटबलमा पुग्ने सपना देख्न सक्ने स्थिति बनाएको छ। उता, लेस्टर १४औं स्थानमा झरेको छ।
वुडको दुई गोलको महत्वपूर्ण भए पनि खेलमा क्यालम हड्सन–ओडोइको उत्कृष्ट खेल प्रदर्शनले लेस्टरको रक्षा पंक्तिलाई निकै दबाब दिएको थियो।