फिफा विन्डोपछि सुरु भउको इंगिलस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। शनिबार भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि ३–०को जित निकाल्यो।
आर्सनलको जितमा मार्टिन जुबिमेन्डीले २ गोल गर्दा अर्को गोल भिक्टर ग्योकेरेसले गरे।
घरेलु मैदानमा जुबिमेन्डीले ३२औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै भिक्टर ग्योकेरेसले आर्नलको अग्रता दोब्बर पारे । उनले दोस्रो हाफको पहिलो मिनेटमे गोल गरेका हुन् । त्यसपछि जुबिमेन्डीले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
यस्तै, अर्को खेलमा टोटनहन पनि विजयी भयो। उसले १० खेलाडीमा समेटिएको वेस्टहममाथि ३–०कै जित निकाल्यो।
पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा ४७औं मिनेटमा पेप माटर सारको गोल टोटनहमले अग्रता लियो। ५४औं मिनेटमा टोमस सउचेकले रातो कार्ड पाएपछि वेस्टहम १० खेलाडीमा समेटियो।
त्यसपछि ५७औं मिनेटमा लुकास ब्रेगवाल र ६४औं मिनेटमा मिकी भान डे वेनले गोल गरेपछि टोटनहम ३–०ले विजयी भयो।
यता, चेल्सी भने ब्रेन्टफोर्डसँग २–२को बराबरीमा रोकिएको छ। खेलमा चेल्सीमा कोल पाल्मरले ६१औं र मोइसेस काइसेडोले ८५औं मिनेटमा गोल गर्दा ब्रोन्टफोर्डका केविन सचडे र फाबियो कार्भाल्होले गोल गरेका थिए।
अन्य खेलमा फुलहमले लिड्समाथि तथा न्यकासलले वुल्भ्समाथि समान १–०को जित निकाल्दा एभर्टन र एस्टन भिल्ला तथा क्रिस्टल प्यालेस र सन्डरल्यान्डले गोलरहित बराबरी खेलेका छन्।
