प्रियिमर लिग आजबाट सुरु हुँदै

15 Aug, 2025

इंग्लिस प्रियिमर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ।

एन्डिफिल्डमा डिफेन्डिङ च्याम्पियन लिभरपुल र बोर्नेमाउथको खेलसँगै प्रिमियर लिगको नयाँ सिजन सुरु हुनेछ। यो खेल आज राति १२ः४५ बजे हुनेछ।

केही दिनअघि मात्र क्रिस्टल प्यालेससँग पराजित हुँदै कम्युनिटी शिल्ड गुमाएको लिभरपुल बोर्नेमाउथविरुद्ध मैदानमा उत्रँदा दबाबमा भने हुनेछ। यो सिजन थुप्रै नयाँ खेलाडीहरु भित्र्याएकाले पनि टिम कम्पिबेनस मिलाउन अर्न स्लटलाई समस्या पर्न सक्छ।

लिभरपुलले यो सिजन स्ट्राइकर ह्युगो इकिटिके, विंगर फ्लोलिर विर्ट्ज, डिफेन्डरहरू जेरेमी फ्रिम्पोङ, मिलोस केर्केजलाई अनुबन्धन गरेको छ। उनीहरुसबै पहिलो रोजाईमै खेल्ने छन्।

लिगको पहिलो हप्ता नै म्यान्चेस्टर युनाइटेड र आर्सनल भीड्ने छन्। यो खेल पहिलो हप्ताको सबैभन्दा ठूलो भीडन्त हो। अघिल्लो सिजन खराब प्रदर्शनपछि थुप्रै नयाँ खेलाडी भित्र्याएको युनाइटेड र पछिल्ला केही सिजन राम्रो प्रदर्शन गरेपनि लिग जित्न नसकेको आर्सनल दुवैबीचको खेल प्रतिस्पर्धात्मक भने पक्कै हुनेछ।

दुवै थुप्रै नयाँ खेलाडी भित्र्याउँदै टिमलाई बलियो बनाउने प्रयास गरेका छन्। युनाइटेडले म्याथुस कुन्हा, बायर्न बेउमो, बेन्जामिन सेस्को र डिएगो बेउमोलाई अनुबन्धन गरेको छ भने आर्सनलले मार्टिन जुबिमेन्डी, भिक्टर ग्योकेरेस, क्रिस्टियन नोरगार्ड, नोनी मडुयकेलाई अनुबन्धन गरेको छ। दुवै टिममा नयाँ खेलाडीको प्रभाव कस्तो हुन्छ त्यसमा सबैको चासो छ ।

यस्तै, पहिलो हप्ता नै न्युसकासल युनाइटेड र एस्टन भिल्ला भीड्दा म्यान्चेस्टर सिटीले वुल्भ्ससँग खेल्दै सिजनको सुरुआत गर्ने छ। टोटनहले बर्नेली, चेल्सीले क्रिटल प्यालेसलाई पहिलो हप्ता प्रतिद्वन्द्वी पाएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]