डिफेन्डिङ च्याम्पियन इटाली जारी युरोकपको अन्तिम १६बाटै बाहिरिएको छ। शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डसँग २-०ले पराजित हुँदै इटाली अन्तिम १६बाटै बाहिरिएको हो।
बलियो इटालीविरुद्ध स्वीट्जरल्यान्डलाई जित दिलाउन रेमो फ्रुलर र रुबेन भार्गासले गोल गरे। उसले दुवै हाफमा समान १ गोल गरेको थियो।
३७औं मिनेटमा फ्रुलरले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १-०मै सकियो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै उसले अग्रता दोब्बर बनायो। ४६औं मि नेटमा उसका भार्गासले गोल गरेका थिए।
त्यसपछि गोल नहँदा स्वीट्जरल्यान्ड विजयी भयो। अब उसले क्वार्टरफाइनलमा इंग्ल्यान्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।