युवा स्ट्राइकर अर्डा गुलेरले उत्कृग प्रदर्शन गरेपछि युरोकपमा टर्की विजयी भएको छ। मंगलबार राति भएको खेलमा टर्कीले जर्जियामाथि ३–१को जित निकाल्यो।
२५ औं मिनेटमा मर्ट मुल्डरले गोल गर्दै टर्कीलाई खेलमा सुरआती अग्रता दिलाए। तर, त्यो अग्रता धेरै समयसम्म टिकेन। ३२औं मिनेटमा जर्जेस मिकुटाडेजले गोल गरेपछि जर्जियालाई खेलमा फर्काएका थिए।
त्यसपछि खेल निकै प्रतिस्धात्मक बनेको थियो। दुवै टिमका कपिरले उत्कृष्ट बचाउ गरेका थिए।
पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा ६५औं मिनेट टर्कीले अग्रता लियो। उसका गुलेरले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। यो गोल गरेसँगै उनी युरोकपको डेब्यू खेलमै गोल गर्नै सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
गोल गर्दा गुलेर १९ वर्ष ११४ दिनका थिए। सन् २००४मा रोनाल्डोले युरोकपको डेब्यू खेलमै १९ वर्ष १२८ दिनामा गोल गरेका थिए।
त्यसपछि जर्जियाले गोल फर्काउने थुप्रै प्रयास गरेको थियो। अतिरिक्त समयको सातौं मिनेटमा टर्कीले थप गोल गरेका थिए। गोलकिपरसमेत अगाडि बढेको अवस्थामा मुहमद करिमले काउन्टरमा गोल गरेका थिए।