अन्तिम समयमा गोल खान्दा युरोकपबाट बाहिरियो क्रोएसिया, इटाली र स्पेन नकआउटमा

25 Jun, 2024

अन्तिम समयमा गोल खाएपछि लुका मोड्रिचको टिम क्रोएसिया जारी युरोकपको समूह रचणबाटै बाहिरिएको छ। नकआउट पुग्न इटालीलाई हराउनै पर्ने खेलमा इन्जुरी सयको अन्तिम सेकेन्डमा गोल खाएपछि क्रोएसिया समूह चरणबाटै बाहिरिएको हो।

सोमबार राति भएको खेलमा क्रोएसया इटालीसँग १–१को बराबरीमा रोकियो। योसँगै ऊ २ अंकमात्रै जोड्दै तेस्रो स्थानमा रह्यो। यता, इटाली भने उविजेताका रुपमा नकआउटमा पुगेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता क्रोएसियाले लियो। उसका लागि ५५औं मिनेमा लुका मोड्रिचले गोल गरेका थिए। त्यसको २ मिनेट अघि मोड्रिच पेनाल्टीमा गोल गर्न चुकेका थिए। उनको प्रहार इटालिका गोलकपिरले रोकेका थिए।

खेलमा जिततर्फ अग्रसर भइरहेको बेला इन्जुरी समयको ८औं मिनेटमा माटिअ जाकाग्निले गोल गर्दै इटालीलाई नकआउटमा पु¥याए।

यही समूहको अर्काृे खेलमा अल्बानियालाई १–०ले हराउँदै स्पेन समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। यसले समूहका तीनै खेल जित्यो।

स्पेनलाई जित दिलाउन फरान टोरेसले १३औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा स्पेन विजयी भयो।