युुरोकपमा आयोजक जर्मनीले सानदार जित निकालेको छ। शुक्रबार राति म्युनिखस्थित एलिनाथ एरिनामा भएको उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डमाथि ५–१को फराकिलो जित निकाल्यो।
जर्मनीलाई सनादार जित दिलाउने क्रममा फ्लोरिन विर्ट्ज, जमाल मुसियाला, काइ हाभर्ट्ज र इम्री चानले गोल गरे। स्कटल्यान्डका लागि भने जर्मनीकै डिफेन्डर एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेका थिए।
विर्ट्जले १०औं मिनेटमा जर्मनीलाई सुरुआती अग्रता दिलाए। उनले जोसुवा किमिचको पासमा गोल गरेका थिए। १९औं मिनेटमा हाभर्ट्जको पासमा मुसियालाले जर्मनीको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा टिमलाई ३–०को अग्रता दिलाए। डिफेन्डर रायन पोर्टुसले इल्के गुन्डोगानलाई डिबक्समा लगाएपछि जर्मनीले पेनाल्टी पाएको थियो भने पोर्टुसले रातो कार्ड पाउँदा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको थियो।
६८औं मिनेटमा निकलस फुलक्रुगले गोल गरेपछि जर्मनीले ४–०को अग्रता लियो। ८७औं मिनेटमा जर्मन डिफेन्डर रुडिगरले आफ्नै पोस्टमा गोल गरेपछि खेल ४–१को अवस्थामा आयो। तर, इन्जुरी समयको तेस्रो मिनेटमा चानले गोल गरेपछि जर्मनी ५–१ले विजयी भयो।
यो जर्मनीको युरोकप कै सर्वाधिक फराकिलो जित हो। यस्तै, यो युरोकपको उद्घाटन खेलको फराकिलो जित पनि हो।
यस्तै, जर्मनीलाई सुरुआती अग्रता दिलाएका विर्ट्ज युरोकपमा जर्मनीका गोल गर्ने र युरोकपको उद्घाटन खेलमा गोल गर्ने सवैभन्दा कम उमेरका खेलाड िबनेका छन्। उनी २१ वर्ष ४२ दिनका मात्र भए।