युरोपा लिग सेमिफाइलनको पहिलो खेलमा जर्मन क्लब बार्यर लेभरकुसन विजयी भएको छ। बिहीबार राति भएको खेलमा लेभरकुसनले इटालियन क्लब रोमालाई उसकै मैदानमा २–०ले हरायो।
योसँगै उसले यो सिजन आफ्नो अपराजित यात्रालाई पनि कायमै राखेको छ। उसका लागि फ्लोरिन विट्ज र रोबर्ट एन्ड्रिचले गोल गरे।
२८औं मिनेटमा एलेक्स गिर्माल्डोको पासमा विट्जले गोल गर्दै लेभरकुसनलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। ७३औं मिनेटमा जोसेप स्टानिचको पासमा एन्ड्रिचले लेभरकुसनको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नुहँदा लेभरकुसन २–०ले विजयी भयो।
यस्तै, अर्को सेमिफाइनलको पहिलो खेलमा इटालिन क्लब एट्लान्टा र फ्रेन्च क्लब मार्सेलीले १–१ गोलको बराबरी खेलेका छन्।
मार्सेलीको मैदानमा अग्रता भने एट्लान्टाले लियो। ११औं मिनेटमा उसका जिआनलुका स्माकाले गोल गरेका थिए। २०औं मिनेटमा बेम्बा मांगुलुलो गोल गर्दै मार्सेलीलाई खेलमा फर्काए। तर, त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।
सेमिफाइनलको दोस्रो लेग अर्को साता हुनेछ।