अर्जेन्टिनी स्टार लियोन मेसीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मियामी फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान भएको खेलमा ब्राजिलियन क्लब पाल्मेइरससँग २–२को बराबरी खेल्दै मियामीले नकआउट चरणमा स्थान बनाएको हो। मियामी समूह एमा ५ अंकसहित दोस्रो भयो।
खेलमा मियामीका टाडेओ अलेन्डे र लुइस सुआरेजले गोल गरे भने पाल्मेइरसका पाउलिन्हो र माउरिसियोले गोल गरे।
अब नकआउटमा इन्टर मियामीले स्टार मेसीकै पूर्वक्लब पिएसजीसँग खेल्ने छ। पिएसजी समूह बीको विजेता हो।
यस्तै, समूह एका विजेता बनेको ब्राजिलिय क्लब पाल्मेइरसले प्रिक्वार्टरफाइनलमा समूह बीको उपविजेता अर्को ब्राजिलियन क्लब बोटाफोगोसँग खेल्ने छ।
