जोआ पेड्रो चम्किँदा चेल्सी क्लब विश्वकपको फाइनलमा

9 Jul, 2025

इंग्लिस क्लब चेल्सी जारी क्लब विश्वकपको फाइलनमा प्रवेश गरेको छ। मंगलबा राति भएको खेलमा ब्राजिलियन क्लब फ्लुमिनेसलाई २–०ले हराउँदै चेल्सी फाइनलमा पुगेको हो।

चेल्सीलाई जित दिलाउन ब्राजिलियन स्ट्राइकर जोआ पोड्रोले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलमा दुवै गोल गरेका थिए।

१८औं मिनेटमै पेड्रोले चेल्सीलाई अग्ता दिलाए। पहिलो हाफ १–०मै सकियो। ५६औं मिनेटमा पेड्रोले नै चेल्सीको अग्रता दोब्बर बनाए। चेल्सीका लागि पेड्रोको यो दोस्रो खेल मात्र हो। सेमिफाइनलको ठिक अघि मात्र ब्राइटनबाट चेल्सी आएका हुन्।

यही अग्रतालाई कायम राख्दै चेल्सी फाइलन पुग्यो। अब उसले उपाधिका लागि आज हुने रियल मड्रिड र पिसजीबीचको विजेतासँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]