पाल्मरले बने क्लब विश्वकपको सर्वोत्कृष्ट खेलाडी, गार्सिसायले जिते गोल्डेन बुट, डुए उत्कृष्ट युवा खेलाडी

14 Jul, 2025

आइतबार राति भएको पिएसजी र चेल्सीबीचको फाइनलसँगै फिफा क्लब विश्वकप विश्वकप सकिएको छ। पिएसजीलाई ३–०ले हराउँदै उपाधि चेल्सीले जित्यो।

फाइनलमा बलियो पिएसजीविरुद्ध चेल्सीलाई जित दिलाउन युवा प्लेमेकर कोल पाल्मरले २ गोल र १ असिस्ट गरे। उनै पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने।

२३ वर्षीय पाल्मरले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरे। फाइनलमा उत्कृष्ट प्रदर्शनपछि उनले पिएसजीका डिजायर डुए र उस्मान डेम्बेलेलाई पछि पारे।

यस्तै, प्रतियोगिताको गोल्डेन बुट भने रियल मड्रिडका युवा स्ट्रााइकर गोन्जोलो गार्सियाले जिते। ४ गोल र १ असिस्ट गर्दै उनले गोल्डेन बुट जितेका हुन्।

प्रतियोगतामा बेन्फिकाका एन्जेल डि मारिया, बोरुसिया डर्टमन्डका सेर्हु गुइरासी र अल हिलालका मार्कोस लियोनार्डोले पनि समान ४ गोल गरेका थिए। असिस्ट गरेका कारण गार्सिलाले गोल्डेन बुट जिते।

यस्तै, चेल्सीकै रोबर्ट सान्चेसले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब्स जिते। यस्तै, पिएसजीका डुए उत्कृष्ट युवा खेलाडी बने।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]