प्रधानमन्त्रीले उद्घाटन गरेसँगै नेपालमा सुर भयो ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम

31 Jul, 2025

नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु भएको छ।

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजिक एक कार्यक्रमबीच प्रधानमन्त्री केपीले उद्घाटन गरेसँगै नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ औपचारिक रुपमा सुरु भएको हो।

प्रधानमन्त्री ओलीले बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गरे। समारोहमा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेल, राखेपका सदस्यहरु सचिव टंकलाल घिसिङ, एन्फा पदाधिकारीहरू उपस्थिति थिए।

यो कार्यक्रममा फिफा र युनेस्कोको साझेदारीमा सञ्चालनमा आएको हा। कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्‍याउने छ।

कार्यक्रममा एन्फाको समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समेत सहकार्य छ।

विद्यालय तहमा शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउन कार्यक्रमहरु सञ्चालन गरिनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]