फिफा वरियतामा नेपाल १७५औं स्थानमै यथावत छ। फिफा बिहीबार गरेको नयाँ अपटेड अनुसार नेपाल १७५औं स्थानमै यथावत रहेको हो। नेपालले १३९.२ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ।
दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत १ स्थान माथि उक्लँदै १२६औं स्थानमा पुगेको छ। माल्दिभ्स १६२औं स्थानमा रहँदा भुटान १९२औं, बंगलादेश १८५औं, पाकिस्तान १९८औं र श्रीलंका २००औं स्थानमा छ।
यस्तै, एसियामा जापान शीर्ष स्थानमा छ। समग्रमा ऊ १५औं स्थानमा छ। इरान १८औं र दक्षिण कोरिया २३औं स्थानमा छ।
विश्व वरियतामा भने अर्जेन्टिना शीर्ष स्थानमै यथवात छ। यो पटक शीर्ष १०मा कुनै पनि परिवर्तन भएको छैन।
जसअनुसार दोस्रोदेखि १०औं स्थानसम्म क्रमशः फ्रान्स, स्पेन, इंग्ल्यान्ड, ब्राजिल, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम, इटाली र जर्मनी छन्।