हरि खड्का बने नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक

31 Oct, 2025

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान हरि खड्का राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

म्याट रसले राजीनामा दिएको भोलिपल्टै अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरि खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

एन्फाले आसन्न एएफसी एसियन कप छनोटका खेललाई मध्यनजर गर्दै खड्कालाई नै प्रशिक्षक नियुक्त गरेको हो।

नेपालले नेभेम्बर १८मा एसियन कप छनोटमा मलेसियासँग खेल्दै छ। त्यसअघि १३ नोभेम्बरमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ। त्यही खेलबाट खड्काले प्रशिक्षण यात्रा थाल्ने छन्।

एसियन कप छनोट खेलाउन प्रो लाइसन्स प्राप्त प्रशिक्षक नै चाहिने भएपनि एन्फाले प्रो लाइसन्स प्राप्त प्रशिक्षक तत्काल नियुक्त गर्न असम्भव भएको भन्दै एएफसीको ए लेभलका खड्का कार्यबाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको छ।

नेपाली पुरुष फुटबल टिमको सहायक प्रशिक्षकका रुपमा कम गरिसकेका उनीसँग महिला राष्ट्रिय टिमलाई प्रशिक्षण गराएको अनुभव छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]