फुटबल इतिहासमा ह्यारी केनको नामले सधैं एक अनौठो कथा बोकेको छ। इङ्ल्यान्डका कप्तान र बायर्न म्युनिखका सुपरस्टार केनले गत मे ४ मा आफ्नो करिअरको पहिलो ठूलो ट्रफी बन्डेसलिगा २०२४–२५ उपाधिको रूपमा हात पारे।
यो जितले उनको १५ वर्ष लामो ट्रफीविहीन यात्रालाई समाप्त पार्यो, जुन फुटबल प्रेमीहरूको लागि भावुक र प्रेरणादायी क्षण बन्यो। तर यो सफलताको पछाडि उनको समग्र करिअरको उतार–चढाव र दृढ संकल्प लुकेको छ।
संघर्षको कथा
ह्यारी केनको फुटबल यात्रा सन् १९९३ मा लन्डनमा सुरु भयो। उनी ६ वर्षको उमेरमा रिजवे रोभर्सबाट खेलेर आफ्नो सपना देख्न थाले। सन् २००१ मा आर्सनलको एकेडेमीमा छोटो समय बिताएपछि उनी टोटेनहम हट्सपरको बाटोमा लागे। तर सुरुवाती दिनमा उनले पहिलो टिममा स्थान बनाउन संघर्ष गरे।
सन् २०११ देखि २०१३ सम्म उनले लेयटन ओरिएन्ट, मिलवाल, लेस्टर सिटी, र नर्विच सिटीमा लोनमा खेले। यी दिनहरूमा उनले अनुभव बटुले, तर ट्रफीको सपना टाढै रह्यो। लेस्टरमा सन् २०१४ को च्याम्पियनसिप प्लेअफमा उनको टिम सेमिफाइनलमै बाहिरियो, जुन उनको करिअरको पहिलो ठूलो निराशा बन्यो।
टोटेनहममा चम्किलो प्रदर्शन
सन् २०१४ मा माउरिसियो पोचेटिनोको प्रशिक्षणमा टोटेनहममा फर्केपछि केनको करिअरले उचाइ लियो। उनले पहिलो सिजनमै ३१ गोल गरे र सन् २०१५–१६ मा प्रिमियर लिगको शीर्ष स्कोरर बने। त्यसपछि उनले सन् २०१७–१८ मा ४१ गोलसहित व्यक्तिगत कीर्तिमान बनाए। तर टिमको सफलता उनको साथमा आएन।

सन् २०१९ को च्याम्पियन्स लिग फाइनलमा टोटेनहम लिभरपुलसँग २–० ले हार्यो । सन् २०२१ को लिग कप फाइनलमा पनि टोटहम पराजित हुँदा केन उपाधि नजिक पुगेर पनि उपाधिबाट बञ्चित भए। प्रिमियर लिगमा सन् २०१६–१७ मा टोटहमले लिगमा उत्कृष्ट प्रदर्शन गरेको थियो। तर, उपाधि जित्न भने सके। उसले दोस्रो स्थानमा लिग सकाएको थियो। यी नजिकका हारले उनलाई ‘ट्रफीविहीन सुपरस्टार’ को उपनाम दियो।
इङ्ल्यान्डसँगको अन्तर्राष्ट्रिय यात्रा
केनले सन् २०१५ मा इङ्ल्यान्डका लागि डेब्यू गरे। त्यसयता उनले १०५ खेलमा ७१ गोल गरेर देशकै सर्वकालिक शीर्ष गोलकर्ता बने, तर उपाधिबिहीन यात्रा भने कायमै रह्यो। सन् २०१८ को विश्वकपमा उनले गोल्डेन बुट जिते, तर सेमिफाइनलमा क्रोएसियासँग हारपछि ट्रफी बन्न सकेन।
युरो २०२० र २०२४ को इंग्ल्यान्ड फाइनलमा पनि पुग्यो। तर, केनको दुर्भाग्य उनको टिम इटाली र स्पेनसँग पारजित भयो। यसले केनको उपाधिको पखाई थप लम्ब्याएयो। यी हारले उनको व्यक्तिगत प्रतिभालाई प्रशंसा पाए पनि टिम सफलता उनको भाग्यमा थिएन।

बायर्न म्युनिखमा नयाँ सुरुवात
सन् २०२३ मा केन ११० मिलियन युरो टोटनहमबाट जर्मन क्लब बायर्न म्युनिख पुगे। यो सिजन नै केनको उपाधिबिहीन यात्रा टुंगिने सबैको अपेक्षा थियो, पछिल्लो १ दशकमा बायर्नले जर्मन फुटबलमा दबाब नै कायम गरेको थियो।
बार्यनमा पहिलो सिजन उनले उत्कृष्ट प्रदर्शन त गरे, तर ११ वर्षपछि बायर्न उपाधि बिहीन बन्यो, सँगै केन पनि। व्यवसायिक फुटबलमा ६९४ खेलपछि केन करिअरको पहिलो उपाधि जिते, जर्मन बुन्डेस लिगाका रुपमा। उनले मे ११ मा बोरुसिया मोनचेनग्लाडब्याकविरुद्धको जितमा गोल गरेर ट्रफी उठाए।
पहिलो ट्रफीको महत्त्व
यो जितले केनको करिअरमा नयाँ आयाम थपेको छ। उनले भनेका छन्, ‘यो मेरो पहिलो ट्रफी हो, र यो मेहनतको फल हो। फ्यान र टिमको समर्थनले मलाई यहाँ पुर्यायो।’ बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले पनि केनको प्रशंसा गरेका छन्। यो बायर्नको ३३औं बन्डेसलिगा उपाधि हो।
०००
केनको यात्रा मेहनत, धैर्य, र दृढताको प्रतीक हो। व्यक्तिगत कीर्तिमानले उनलाई विश्वस्तरीय बनायो, तर ट्रफीले उनको पूर्णता दियो। टोटेनहम, इङ्ल्यान्ड, र बायर्नमा उनले देखाएको लडाइँले उनलाई फुटबल इतिहासमा अमर बनाएको छ। यो पहिलो ट्रफी उनको लागि मात्र नभई समर्पणको सम्मान हो। अब उनको भविष्य कस्तो बन्छ, हेर्न बाँकी छ। -एजेन्सीहरूकाे सहयाेगमा