इंग्लिस स्ट्राइकर ह्यारी केनको उपाधि उचाल्ने सपना यो सिजन पनि पुरा नहुने भएको छ। १५ वर्षपछि जर्मन क्लब बार्यन म्युनखि उपाधिबिहीन ह्यारी केनले उपाधि उचाल्न अझ कुर्नुपर्ने भएको छ।
बायर्नको उपाधि सम्भावना यो सिनज च्याम्पियन लिगमा मात्र थियो। तर, बुधबार राति भएको सेमिफाइलनका दोस्रो लेगमा २–१ पराजित भएसँगै उसको त्यो सम्भावना समाप्त भएको थियो।
३० वर्षीय केन यो सिजन उत्कृष्ट फर्ममा छन्। तर, उनको टिमले डेढ दशकयताकै खराब प्रदर्शन गरेपछि करिअरको पहिलो उपाधि जित्ने केनको सपना अधुरै रहेको हो।
केनले यो सिजन केनले ४५ खेलमा ४४ गोल गरेका छन्। र, उनी गोल्डेन बुटको रेसमा आगाडि छन्।
े
१३ सिजन टोटनहममा बिताउँदा पनि उपाधि जित्न नसकेपछि यसै सिजन बायर्न आएको केनको त्यो सपना यो सिजन पनि अधुरै रह्यो।
सिजनको २ खेमात्र बाँकी छँदा बायर्न बुन्डेसलिगामा शीर्ष स्थानको लेभरकुसनभन्दा १५ अंकले पछि छ भने डिएफबी पोकेलमा ऊ दोस्रो चरणबाटै बाहिरिएको थियो।