लिभरपुलले ९० मिलियन युरो खर्चिएर नयाँ स्ट्राइकर अनुबन्धन गरेको छ।
एन्डफिल्ड क्लबले जर्मन क्लब फ्रांकफर्टका २३ वर्षीय सेन्ट्रल स्ट्राइकर हुगो इकिटिकेलाई अनुबन्ध गरेको हो।
आइतबार मेडिबल परीक्षण पास गरेका यी युवा फ्रेन्च स्ट्राइकरले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका छन्। अब उनी जुन २०३१ सम्म एन्डफिल्डमा रहने छन्।
अब उनी एन्डफिल्डमा नम्बर ९को पोजिसनमा देखिनेछन्। इकिटिकेको आगमनसँगै डार्विन नुनेज भने लिभरपुलका बाहिरने छन्। उनलाई भित्र्याउन इटालियन क्लब नापोलीले चासो देखाइरहेको छ।
गत सिजनमात्र उनी पिएसजीबाट फ्रांकफर्ट पुगेका थिए। त्यहाँ उनले ४८ खेल खेल्दै २२ गोल र १२ असिस्ट गरेका छन्।
इकिटिकेलाई भित्र्याउन न्युकासल युनाइटेडले पनि चासो देखाएको थियो। उसले इकिटिकेका लागि ८० मिलिनयको प्रस्ताव गरे पनि फ्रांकफर्टले त्यसलाई अस्वीकार गरेको थियो।
इकिटिके यो ट्रान्सफर विन्डोमा लिभरपुल आएका चौथो नयाँ खेलाडी हुन्। यसअघि उसले अर्को जर्मन क्लब बायर लेभरकुसनबाट विंगस फ्लोरिव विर्ट्ज (११६ मिलियन युरो), डिफेन्डर जेरेमी फ्रिम्पोङ (३० मिलियन युरो) र बोर्नेमाउथबाट डिफेन्डर मिलोस केरकेज (४० मिलियन युरो)लाई अनुबन्धन गरेको थियो।
अब इकिटिकेले प्रिसिजन टुरबाट लिभरपुलको टिममा सामेल हुने छन्।
