इटालियन सिरी ए मा शीर्ष दुई स्थानमा रहेका दुई मिलान क्लब इन्टर र एसी मिलान बराबरीमा रोकिएका छन्। दुई मिलान क्लब बराबरीमा रोकिँदा उपाधि होड अझ खुल्ला भएको छ।
इन्टरले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा नापोलीसँग २-२ को बराबरी खेलेको हो।
इन्टरका लागि फेडेरिको डिमार्को र हाकान चालहानोग्लुले गोल गरे। नापोलीका लागि दुवै गोल स्कट म्याकटोमिनीले गरे।
बराबरीपछि इन्टरले शीर्ष स्थानमा अंग्रता फराकिलो बनाउने अवसर गुमाएको छ। इन्टरको १९ खेलबाट ४३ अंक छ। नापोली समान खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ ।
अर्को खेलमा दोस्रो स्थानको एसी मिलानले फियोरेन्टिनासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टोफर एनकुन्नकुले ९०औं मिनेटमा गोल गरेपछि एसी मिलानले हार टारेको थियो। त्यसअघि पिएट्रो कुमुज्जोले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए।
बराबरीपछि एसी मिलान ४० अंकसहित दोस्रो स्थानमा छ।
