गुजरातले आरसिबीलाई घरमै हरायो

3 Apr, 2025

जारी आईपिएलमा रोयल च्यालेन्जर्स बेंग्लुरुले पहिलो हार व्यहोरेको छ। बुधबार राति घरेलु मैदान चिन्नास्वामीमा भएको खेलमा बेंग्लुरु गुजरात टाइटन्ससँग ८ विकेटले पराजित भयो।

बेंग्लुरुले दिएको १७० रनको मध्यम लक्ष्य गुजराजतले १३ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जोश बट्लरले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७३ रन बनाए। यस्तै, साई सुदर्शनले ३६ बलमा ७ चौका र १ छक्का मद्दतमा ४९ रन बनाउँदा सेरफन रथरफोर्डले १८ बलमा १ चौका ३ छक्का मद्दतमा ३० रन बनाए।

बलिङमा बेंग्लोरका भुवनेश्वर कुमार र जोस हेजलउडले समान १ विकेट लिए।

त्यसअघि पहिला बयाटिङ गरेको बेंग्लोरका माथिल्लो क्लब फ्लप भएपछि उसले ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो। उसका लागि लिअम लिभिङ्सटनले ४० बलमा १ चौका र ५ छक्का मद्दतमा ५४ रन बाए।

यस्तै, टिम डेविडले १८ बलमा ३ चौका र २ छक्का मद्दतमा नटआउट ३२ रन बनाउँदा जितेश शर्माले २१ बलमा ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए। उसका टपअर्डरमा फिल सल्टले १४, रजत पटिदारले १२, विराट कोहलीले ७ र देवदत्त पडिकलले ४ रन मात्र बनाउन सकेका थिए।

बेंग्लोरको इनिङ धरासायी बनाउने क्रममा मोहम्मद सिराजले पूर्व टिमविरुद्ध घातक बलिङ गरे। उनले ४ ओभरमा १९ रन मात्र खर्चेर ३ विकेट लिए भने साई किशोरले ४ आभरमा २२ रन खर्चेर २ विकेट लिए।

गुजराजतको तीन खेलमा दोस्रो जित हो भने बेंग्लारका लगातार दुई जितपछिको पहिलो हार हो।