कीर्तिमानी रकममा लिभरपुल आए इसाक

2 Sep, 2025

स्विडिस स्ट्राइकर अलेकजेन्डर इसाक लिभरपुल आएका छन्।

समर ट्रान्सफर विन्डोको ‘डेट लाइन डे’मा लिभरपुलले २५ वर्षीय स्ट्राइकरका लागि १२५ मिलियन पाउण्ड खर्चिएको छ।

योसँगै इसाक प्रियिमर लिगकै महँगा खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान फ्लोरिन विर्ट्जको नाममा थियो। यसैसिजन उनी ११६.५ मिलियन पाउण्डमा बायर लेभरकुसनबाट लिभरपुल आएका थिए।

इसाकले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०३१ सम्म एन्डफिल्डमा रहने छन्। उनी अब लिभरपुलमा ९ नम्बरको जर्सीमा देखिने छन्।

इसाकले यसअघि नै लिभपुल जाने बताउँदै आएका थिए। सोही कारण न्युकासलले उनलाई सिजनको सुरुआतमा उनलाई टिमबाट बाहिर राखेको थियो।

सन् २०२२मा रियल सोसिडाडबाट न्युकासल आएका उनले १०९ खेल खेल्दै ६२ गोल गरेका थिए। त्यहाँ उनले अघिल्लो सिजन कारबाओ कप जितेको थिए। स्वीडेनका लागि उनले ५२ खेल खेल्दै १६ गोल गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]