एनएसएलका लागि झापाले भित्र्यायो उज्वेकिस्तानका डिफेन्डर

28 Feb, 2025

नेपाल सुपर लिगको तेस्रो सिजनका लागि झापा एफसीले पहिलो विदेशी खेलाडीका उज्वेकिस्तानका खेलाडीलाई अनुबन्धन गरेको छ।

चैत दोस्रो साताबाट सुरु हुने एनएसएलका लागि झापा उज्वेकिस्तानका डिफेन्डर अजमत अब्दुल्लावलाई अनुबन्धन गरेको हो।

३१ वर्षीइ सेन्ट्रल डिफेन्डर अब्दुल्लावले उज्वेकिस्तानको उमेर समूहको टिममा खेलेपनि राष्ट्रिय टिममा भने खेलेका छैनन्।

झापाको प्रशिक्षकमा प्रवेश कटुवाल छन् भने उसले मार्की खेलाडी घोषणा गरेको छैन। उसले गतसाता भएको अक्सनबाट छिरिङ गुरुङ, एन्जल श्रेष्ठ, रोशन पहरी, दीपेन्द्र बिक, उज्ज्वल राई, अविशेक स्याङ्तान र दीपेश धिमाललाई किनेको छ।

उनी व्यवसायिक फुटबल भने इन्डोसियामा खेल्छन्। उनी त्यहाँ दोस्रो डिभिजन लिग क्लब ग्रेसिक युनाइटेडमा आबद्ध छन्।

उनले बंगलादेशमा पनि व्यसायिक फुटबल खेलेका छन्। अघिल्लो सिजन उनले बंगललादेश पुलिसबाट त्यहाँको लिग खेलेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]