अल नासरले ५० मिलियन युरोमा फेलिक्सलाई भित्र्यायो

30 Jul, 2025

साउदी प्रो लिग क्लब अल नासरले पोर्चुगिज विंगल जोखा फेलिक्सलाई अनुबन्धन गरेको छ। उसले २५ वर्षीय फेलिक्सलाई ५० मिलियन युरो खर्चिएर इंग्लिस क्लब चेल्सीबाट अनुबन्धन गरेको हो।

फेलिक्सले साउदी क्लबसँग २ वर्षको सम्झौता गरेका छन्। उनी अब सन् २०२७ सम्म क्रिस्टियानो रोनाल्डोसँगै अल नासरको जर्सीमा देखिने छन्।

फेलिक्ल अघिल्लो सिजन मात्र एट्लेटिको मड्रिडबाट चेल्सी आएका थिए। टिमका स्थान बनाउन असफल भएपछि उनी जनवरीमै लोनमा इटालीयन क्लब एसी मिलानबाट खेलेका थिए।

त्यसअघि उनले १ सिजन लोनमै बार्सिलोनाबाट पनि खेलेका थिए। सन् २०१९मा बेन्फिकाबाट १२६ मिलियन युरोमा एट्लेटिको आएका फेलिक्सले त्यहाँ १३१ खेल खेल्दै ३४ गोल गरेका थिए।

फेलिक्सले पोर्चुगलका लागि ४५ खेल खेल्दै ९ गोल गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]