चेल्सीले भित्र्यायो ब्राजिलियन स्ट्राइकर

1 Jul, 2025

लन्डन क्लब चेल्सीले ब्राजलियन स्ट्रायकर जोआ पेड्रोलाई अनुबन्धन गरेको छ।

चेल्सीले २३ वर्षीय पोड्रोलाई अर्को इंग्लिस क्लब ब्राइटनबाट ६० मिलियन पाउण्डमा अनुबन्धन गरेको हो।

युवा स्ट्राइकर पेड्रोले चेल्सीसँग ७ वर्षको सम्झौता गरेका छन्। अब उनी स्टामफोर्ड ब्रिजमा सन् २०३२ सम्म रहनेछन्। उनले आजै चेल्सीमा मेडिकल परीक्षण पनि गरिसकेका छन्।

उनी सन् २०२३मा वाट्फार्डबाट ब्राइटन आएका थिए। ब्राइटनमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन्। त्यहाँ उनले ७० खेल खेल्दै ३० गोल गरेका छन्।

सन् २०२३मा ब्राजिलको टिमका डेब्यू गरेका उनले ३ खेल मात्र खेल्ने अवसर पाएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]