जोआओ पेड्रोले ह्याट्रिक गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लामाथि फराकिलो जित हासिल गरेको छ।
चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा ४-१ गोलअन्तरले हराएको हो। चेल्सीको जितमा पेड्रोको ह्याट्रिकसँगै कोल पाल्मरले एक गोल गरे।
खेलमा अग्रता भने एस्टन भिल्लाले दोस्रो मिनेटमै लिएको थियो। डगलस लुइजले गोल गर्दै अग्रता दिलाएका थिए।
३५औं र इन्जुरी समयमा पेड्रोले गोल गर्दै पहिलो हाफमै चेल्सीलाई अग्रतामा फर्काए। ५५औं मिनेटमा पाल्मरले गोल गरे भने ६४औं मिनेटम पेड्रोले ह्याट्रिक पूरा गर्दै ४-१ को जित दिलाए ।
जितपछि २९ खेलबाट ४८ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ। ५१ अंक भएको एस्टन भिल्ला चौथोमै छ।
