नेपाली फुटबल टिमका पूर्वप्रशिक्षक किनरको निधन

10 Apr, 2024

नेपाली फुटबलका पूर्वप्रशिक्षक जोए किनरको निधन भएको छ। नेपाली फुटबलले अहिलेसम्मकै सबैभन्दा प्रख्यात फुटबल प्रशिक्षक किनरको सोमबार ७७ वर्षको उमेरमा निधन भएको हो।

प्रिमियर लिग क्लब विम्बल्डन, लुटन टाउ, नटिंङहम फरेस्ट, न्युकासल युनाइटेडको प्रशिक्षक समेत रहेका आयरल्यान्डका किनर सन् २०१५ देखि बिरामी थिए।

आयरल्यान्ड गणतन्त्रबाट उनले २६ लेखेको थिए भने उनले टोटनहम, ब्राइटन र बार्सिलोनाबाट खेलेका थिए। लन्डन क्लबका लागि उनले २ सय ५८ पटक खेलेका थिए। बार्सिलोनामा भने उनले चोटका कारण केही खेल मात्र खेल्न पाए।

खेलजीवन टुंगिएको केही वर्षपछि उनी सन् १९८३ एसियामा आएका थिए । यूएईको अल सबाबमा एक वर्ष बिताए । सन् १९८४ मा उनले पहिलो पटक भारतीय राष्ट्रिय टिम सम्हाले । त्यसपछि उनी नेपाल आएका थिए र एक वर्षका लागि नेपाली टिम सम्हाले ।

फेरि दोहोराएर उनी नेपाल आएका थिए । उनी औपचारिक रूपमा नेपाली टिम सम्हाल्ने तेस्रो विदेशी प्रशिक्षक हुन्। उनको नेतृत्वमा नेपालले सन् १९८५ मा ऐतिहासिक रूपमा पहिलो विश्वकप छनोट खेलेको थियो । त्यस छनोटमा नेपालको प्रतिद्वन्द्वी दक्षिण कोरिया र मलेसिया रहेको थियो 

सन् १९८७ मा उनले दोस्रोपल्ट नेपाली टिम सम्हाले । त्यस वर्ष नेपालले भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । त्यसमा नेपालले फाइनल यात्रा तय गरेको थियो । तर, कोलकाताको प्रसिद्ध साल्टलेक स्टेडियममा भएको उक्त खेलमा नेपाल घरेलु टोली भारतसँग १–० ले पराजित भएको थियो ।

यसरी नेपालले उनको नेतृत्वमा ७ खेल खेलेकामा २ जित, १ बराबरी र ४ हार रहेको छ।