इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिबाट सुरु भएको छ। लिगको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेड विजयी भयो।
शुक्रबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले फुल्हमलाई १–० ले हरायो।
युनाइटेडका लागि जोसुआ जिर्कजीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ८७औं मिनेटमा जिर्कजीले गर्नाचोको पासमा गोल गरेका थिए।
उनी डेब्यू खेलमै युनाइटेडका लागि गोल गर्न सके। उनी रुड भान निस्टल रोएपछि युनाइटेडका लागि डेब्यूमै गोल गर्न पर्ने पहिलो डच खेलाडी हुन्। उनी इटालियन क्लब बोलोग्नाबाट युनायटेड आएका हुन्।
यही खेलमार्फत डिफेन्डरद्वय म्याथिस डे लिग्ट र नुसेर मजरावीले पनि युनाइटेडका लागि डेब्यू गरे। मजरावी सुरुआती ११ मै थिए भने डे लिग्ट दोस्रो हाफमा मैदान छिरेका थिए। दुवै खेलाडी जर्मन क्लब बार्यन म्युनिखबाट युनाइटेड आएका हुन्।