काठमाडौंले रिटेन गर्‍यो करण, भीम र साहबसहित ६ खेलाडी

28 Jun, 2025

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइजी टिम काठमाडौं गोर्खाजले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ।

पहिलो सिजन प्लेअफमा स्थान बनाउन असफल भएको काठमाडौंले आफ्ना मार्की खेलाडी तथा कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको हो। यसले शनिबार यसको जानकारी ामाजिक सञ्जालमार्फत दिएको छ।

उसले रिनेट गरेका खेलाडीमा राष्ट्रिय टिमका सदस्य ब्याट्सम्यान भीम सार्की, स्पिनरद्वय साहब आलम र दीपेश कँडेल, फास्ट बलर रसिद खान र पहिलो सिजन ट्यालेन्ट हन्टबाट आएका ब्याट्सम्यान प्रतिक श्रेष्ठ छन्।

पहिलो सिजन विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा काठमाडौं प्लेअफमा पुग्न असफल भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]