सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटी छाडेका बेल्जियन स्टार मिडफिल्डर केभिन डे ब्रुयना सिरि ए च्याम्पियन टिम नापोलीमा आबद्ध भएका छन्।
म्यान्चेस्टर सिटीका लेजेन्ड मिडफिल्डर ३३ वर्षीय डे ब्रुयनाले नापोलीसँग २ वर्षको सम्झाैता गरेका छन्। उनले थप १ वर्ष सम्झौता नवीकरण पनि गर्न सक्ने छन्।
डेब्रुयनाले सिटीमा १० वर्ष बिताएका थिए। सिटीका लागि उनले ४२२ खेल खेल्दै १०८ गोल गरेका छन्। यो १० वर्षमा उनले सिटीका लागि ६ प्रिमयिर लिग र च्याम्पियन्स लिगसहित १८ उपाधि जितेका छन्। उनी दुई सिजन प्रियिमर लिगको सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए।
डे ब्रुयनाले साउदी अरेबिया र एमएलएसबाट पनि अफर आएको थियो। तर, उनले युरोपियन फुटबल खेल्न चाहेका नापोली रोजेका हुन्। नापोलीले उनलाई वार्षिक ५.५ मिलियन युरो र १० मिलियन युरोको साइनिङ बोनस दिने छ ।
