नेपालका लागि सय खेल खेलपछि किरणनले भने– देशका लागि खेल्न पाउनु नै गर्वको क्षण हो

12 Jun, 2024

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ खेल पहिलो फुटबल बनेका छन्। ३४ वर्षीय किरणले फिफा विश्वकप छनोट अन्तर्गत मंगलबार राति यमनविरुद्धको खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन्।

किरणको सयौं खेलमा नेपालले सुखद नतिजा निकाल्यो। खेल २–२को बराबरीमा सकिएको थियो।

खेलपछि किरणले आफ्नो सयौं खेल विशेष बनेको बताए। ‘मेरो एक सयौँ खेल अविस्मरणीय बन्यो, यसको सम्पूर्ण श्रेण टिमलाई जान्छ’, उनले भने ।

खेलपछि एन्फा महासचिव किरण राई र एन्फा केन्द्रीय सदस्य तथा नेपाली टिमका प्रमुख विकाश नारायण श्रेष्ठले किरणलाई ‘मोमेन्टो’ प्रदान गरेका थिए । उनलाई १०० लेखिएको जर्सी नम्बर र आर्मब्याण्ड पनि प्रदान गरिएको थियो।

३४ वर्षीय किरण एक सयौँ खेलभन्दा पनि देशको लागि खेल्न पाउनुलाई सबैभन्दा गर्वको क्षण मान्छन्। ‘देशको जर्सी लगाएर खेल्नु पाउनु सबैभन्दा प्राउड मोमेन्ट हो । देशको लागि खेल्दा जहिल्यै फाइट गर्नपर्छ भन्ने भावना आउँदा’, किरणले यमनसँग खेल्नुअघि भनेका थिए।

किरणले अब कति वर्ष खेल्छु भनेर नसोचेको र स्वास्थ्यले साथ दिएसम्म खेल्ने बताएका छन्।