लिग लिडर बार्सिलोना पराजित, रियललाई फाइदा

19 Jan, 2026

स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २–१ पराजित भयो।

घरेलु मैदानमा सोसिडाडको जितमा मिकेल ओयरजाबाल र गोन्जालो गुएडेसले गोल गरे। बार्सिलोनाका लागि मार्कस रासफोर्डले एक गोल फर्काए।

खेलको ३२औं मिनेटमा ओयरजाबालले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले अगाडि रहेको सोसिडाडले दोस्रो हाफमा गोल बेहोरेपनि अर्को गोल थप्‍यो।

७०औं मिनेटमा रासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको एक मिनेटमै गुएडेसले सोसिडाडका लागि गोल गरे र सोसिडाड २–१ ले विजयी भयो ।

८८औं मिनेटमा कार्लोस सोलरले रातो कार्ड पाएर १० खेलाडीमा सीमित भएपनि सोसिडाडले सम्हालिएर खेल्दै गोल बेहोरेन।

यस हारले बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंकदूरी बढाउने अवसर गुमाएको छ। बार्सिलोनाको २० खेलबाट ४९ अंक छ । दोस्रो स्थानको रियलको ४८ अंक छ।

जित निकालेको सोसिडाड २४ अंकसहित आठौं स्थानमा उक्लिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]