नेपाली राष्ट्रिय फुटबलमा मिडफिल्डर लाकेन लिम्बूले कम्बोडियामा व्यवसायिक फुटबल खेल्ने भएका छन्।
२२ वर्षीय युवा मिडफिल्डर लाकेन कम्बोडियन प्रियिमर लिग क्लब किरिवङ सोक सेन चे एफसीमा आबद्ध भएका छन्। क्लबले लाकेनलाई नयाँ सिजनका लागि अनुबन्धन गरेको हो।
अल्घिलो सिजन खबर प्रदर्शन गरेको किरवङले यो नयाँ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। ११ टिम सहभागी लिगमा उसले १ जित र ३ बराबरी खेल्दै ऊ १०औं भएको थियो। कम्बोडियन लिगमा रेलिगेशन भने हुँदैन।
लाकेनको यो दोस्रो विदेशी क्लब हो। उनले अघिल्लो सिजन दिल्ली एफसीबाट आई लिग खेलेका थिए।
नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य लाकेन घरेलु फुटबलमा भने थ्री स्टार क्लबबाट खेल्नेछ। उनले केही मोफसलका प्रतियोगिता भने मछिन्द्र क्लबबाट पनि खेलेका थिए। नेपाल सुपर लिग भने उनले
झापा एफसीबाट खेलेका थिए। उनी झापाका मार्की खेलाडी पनि हुन्।
सन् २०२३मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमार्फ राष्ट्रिय टिममा डेब्यू गरेका उनले नेपालका लागि १६ खेल खेलेका छन्।
