ललितपुर सिटीले भित्र्यायो फ्रेन्च गोलकिपर

5 Nov, 2023

नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीले फ्रेच्न गोलकिपर रेफ्री बाल्टुसलाई भित्र्याएको छ।

ललितपुरलले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनको लिग फुटबल खेलिसकेका गोलकपर बाल्टुसलाई अनुबन्ध गरेको हो।

बाल्टुसलाई अनुबन्ध गरेको खबर सार्वजनिक गर्दै एकदमै उत्साहित रहेको ललितपुरले जनाएको छ ।

लिग वान क्लब अजुरेको एकेडेमीकोबाट आएका बाल्टुसले फ्रान्सको यू–१७ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनमा गरी १०० भन्दा बढी खेले खेलेका छन् ।

यस्तै बाल्टुसले पनि सामाजिक सञ्जालमार्फत ललितपुर सिटीबाट खेल्न उत्साहित रहेको बताएका छन्। पछिल्लो समय फ्रान्सको तेस्रो श्रेणीको क्लब एफसी राउनका लागि खेलेका ३१ वर्षीय बाल्टुस हाल फ्रि एजेन्टको रुपमा थिए ।

राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ मार्की खेलाडी रहेको ललितपुरले यसअघि दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । जसमा नाइजेरियन डिफेण्डर ओमालाजा नुरेन करिम र फ्रेन्च फरवार्ड पापा इबो केबे छन्।