यमालले पछ्याउन सक्लान् मेसीको ‘पदचाप’?

17 Dec, 2024

१७ वर्षीय लमिन यमाल अहिले उत्कृष्ट लयमा छन्। १७ वर्षकै उमेरमा उनले आफूलाई बार्सिलोना र स्पेनिस राष्ट्रिय टिममा स्थापित गरिसकेका छन्।

१५ वर्षकै उमेरमा बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका यमालले त्यसयता ७५ खेल खेल्दै १३ गोल गरिसकेका छन्। यस्तै, उनले स्पेनबाट १७ खेल खेल्दै ३ गोल गरेका छन्। यसैवर्ष जर्मनीमा भएको युरोकपमा स्पेनलाई च्याम्पियन बनाउन यमालको भूमिका महत्वपूर्ण थियो।

सानै उमेरमा उत्कृष्ट फुटबल खेलिरहेका यलमालाई अहिले मेसीसँग तुलना गर्न थालिएको छ। र, उनलाई बार्सिलोनामा मेसीको पदचाप पछ्याउन सक्ने खेलाडीका रुपमा हेरिएको छ।

करिअरको अधिकांश समय बार्सिनामा बिताएका तिनै मेसीले पनि यमालले आफूलाई आफ्नो युवा अवस्थाका झल्को दिने बताएका छन्। यमालले आफ्नो पदचाप पछ्याउन सक्ने खेलाडीका रुपमा हेरेका छन्।

अहिले अमेरिकन क्लब इन्टर मियामीमा व्यवसायिक फुटबल खेरिहेका मेसी अहिले अफ सिजन ब्रेकमा छन्। यसैसाता जर्मनी पुगेका मेसीलाई सोधियो, ‘कुन खेलाडीले तपार्ईलाई आफ्नो युवा अवस्थाको झल्को दिन्छ?’

मेसीले जवाफ फकाए– ‘त्यहाँ (बार्सिलोनामा) नयाँ पुस्ताका निकै राम्रा खेलाडीहरू छन्, जसको अगाडि खेल्न अझै धेरै वर्षहरू छन्। मैले धेरैले लामिन यामाललाई छानेको सुनेको छु, र निःसन्देह, मेरो लागि पनि उनै हुन्।’

अहिले यमाल उत्कृष्ट रहेको बताउँदे मेसीले उसको उसकै हातमा रहेको बताए।

‘म सहमत छु कि यो उसमा र धेरै कुरामा निर्भर गर्छ, किनकि फुटबल त्यस्तै हो,’ मेसीले भने, ‘तर ऊ वर्तमान हो, निःसन्देह ऊसँग विशाल भविष्य छ।’

मेसीले उत्कृष्ट मानेका यमाल साच्चै उत्कृष्ट छन्। त्यसैले त उनले यो वर्षको कोपा अवार्ड जिते। साथै उनी बालोन डे’ओरमा पनि शीर्ष १०मा रहे।

ला मसिया ग्राजुएट यमालले यो सिजन आफ्नो उत्कृष्ट प्रदर्शन निरन्तर जारी राख्दै बार्सिलोनाकालागि १५ लिग खेलमा पाँच गोल र १० असिस्ट गरेका छन्। राष्ट्रिय टिमका नियमित खेलाडीका रूपमा, १७ वर्षको उमेरमै यामालले स्पेनका लागि १७ खेल खेलिसकेका छन्। यसको तुलनामा, मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न १८ वर्ष कुर्नुपरेको थियो।

यो युवा उमेरमै लामिन यमाल त्यहाँ पुगिसकेका छन्, जहाँ १७ वर्षको उमेरमा लियोनेल मेस्सी थिएनन्। तर, यो रोमाञ्चक सुरुवातलाई २० वर्ष लामो शानदार करियरमा रूपान्तरण हुन्छ भन्ने निश्चित छैन।

उनीसँग भएको प्रतिभाका बाबजुद, यामाल र मेस्सीबीचको तुलना यो सुरुवाती चरणमा धेरै अर्थ राख्दैन। तर, जस्तै युवा लियोनेल मेस्सीले ‘नयाँ म्याराडोना’ को दबाब सामना गर्नुपरेको थियो, त्यस्तै लामिन यमालले ‘नयाँ मेसी’ को उपाधि बोक्नुपर्ने हुन सक्छ।