चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित हासिल गरेको छ। आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २–०ले हरायो।
लेबनानको जितमा क्रिस्टी मालूफ र मे रोज मन्हाले एक(एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा गोलको खाता खोल्न सकेन ।
१३औं मिनेटमा मालूफले गोल गर्दै लेबनानलाई अग्रता दिलाएकी थिइन्। २२औं मिनेटमा मान्हाले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि थप गोल हुन सकेन।
लेबनान पहिलो खेलमा म्यानमारसँग ३(१ तथा दोस्रो खेलमा नेपालसँग १–० ले पराजित भएको थियो । कीर्गिस्तान नेपालसँग १(० तथा म्यानमारसँग ५(० ले पराजित भएको थियो।
आजै साँझ समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।