सलाहको निर्णायक गोलमा लिभरपुलको शतप्रतिशत जित

15 Sep, 2025

मोहम्मद सलाहको अन्तिम समयको निर्णायक गोल मद्दतमा लिभरपुल विजयी भएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले बर्नेलीमाथि १–०को जित निकाल्यो।

सलाहले खेलमा इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीमा निर्णायक गोल गरेका थिए। बर्नेलीका हानिबल मेज्ब्रीले डिबक्समा ह्यान्ड गरेपछि लिभरपुलल पेनाल्टी पाएको थियो।

योसँगै लिभरपुलले चौथो खेलमा जितलाई निरन्तरता दिएको छ। प्रिमियर लिगमा शतप्रतिशत जित निकाल्ने लिभरपुल एकमात्र टिम हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]