इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ५ खेलपछि पहिजो जित निकालेको छ। सोही क्रममा उसले शनिबार राति भएको खेलमा न्युकासल युनाइटेडमाथि ४–१ को जित निकालेको छ।
त्यसअघिका ५ खेलमा उसले ४ बराबरी र १ हारको सामाना गरेको थियो।
खेलमा सुरुवाती अग्रता न्युकासलले लिएपनि लिभरपुलले ४ गोल फर्कायो। लिभरपुलका लागि हुगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक(एक गोल गरे । न्युकासलका एन्थनी गोर्डनले गोल गरे।
३६औं मिनेटमा गोर्डनले गोल गर्दै अग्रता दिलाएका थिए। ४१औं र ४३औं मिनेटमा एकिटिकेले गोल गर्दै पहिलो हाफमै लिभरपुललाई अगाडि ल्याए ।
६७औं मिनेटमा विट्जले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा कोनाटैले गोल गरेपछि लिभरपुल ४–१ ले विजयी भए।
्जितपछि लिभरपुल २४ खेलमा ३९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ।
