इंग्लिस प्रिमियर लिगका शीर्ष दुई टिम लिभरपुल र आर्सनलले बराबरी खेलेका छ। शनिबार राति एन्डफिल्डमा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको अग्रता आर्सनलले लियो। आर्सनलले ग्याब्रियल मागालहाएसकोल गोलमा चौथो मिनेटमै अग्रता लिउको थियो। उनले मार्टिक ओडेगार्डको फ्रिकिकमा हेडिङमार्फत गोल गरेका थिए।
२९औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो। मोहम्मद सलाहले आर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। त्यसपछि गोल नहुँदा दुवै टिमले अंक बाँडे।
यस्तै, अन्य खेलमा टोलनहम, बोर्नेमाउथ र बर्नली विजयी भए। टोनहमले एभर्टनलाई २–०ले हराउँदा बोर्नेमाउथले नटिङ्हम फरेस्टलाई ३–२ले र बर्नलीले फुलमहमलाई २–०ले हरायो।
यो बराबरीपछि आर्सनल लिभरपुलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा छ। आर्सनलको ४० र लिभरपुलको ३९ अंक छ। यता, एभर्टनलाई हराएको टोटनहम ३६ अंकसहित चौथो स्थानमा उक्लँदा एभर्टन १६ अंकसहित १६औं स्थानमै छ।
यता, बर्नली ११ अंकसहित १९औं स्थानमा रहँदा फुलहम २१ अंकसहित १२औं, बोर्नेमाउथ २२ अंकसहित ११औं र फरेस्ट १४ अंकसहित १७औं स्थानमा छ।