लुइस डियाजमाथि बायर्न र बार्सिलोनाको नजर, कता जालान्, कि लिभरपुलमै बस्लान्?

16 Jul, 2025

लिभरपुलका स्टार विंगर लुइस डियाजले क्लब छाड्ने इच्छा व्यक्त गरेका छन्। डियाजले सर्वाजनिक रुपमै क्लब छाड्ने चाहना व्यक्त गरेपछि उनलाई भित्र्याउन ठूला क्लबहरु चासो व्यक्त गरेका छन्।

यी २८ वर्षीय कोलम्बियन स्ट्राइकरलाई क्लबमा भित्र्याउन बायर्न म्युनिख र बार्सिलोनाले गम्भीर चासो देखाएका छन्। तर, लिभरपुलले प्रस्तावहरु अस्वीकार गरेको छ।

डियाजका लागि बायर्नले लिभरपुल समक्ष २ पटक प्रस्ताव राख्यो। तर, दुवै प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ। उसले अन्तिम ६७.५ मिलियनको प्रस्ताव राखेको थियो।

थोमस मुलर, लिरोए साने, म्याथिस टेलले क्लब छाड्को तथा जमाल मुसियाला सिजनभर मैदान बाहिर रहने भएकाले लिभरपुल नयाँ विंगरको खोजीमा छ। त्यसैले उसले डियाजमाथि चासो देखाएको छ। उसले लिभरपुल समक्ष अर्को प्रस्तावको तयारी गरेको छ।

यता, बार्सिलोनाले पनि डियाजका भित्र्याउन चासो देखाएको छ। तर, उसले औपचारिक प्रस्ताव भने गरेको छैन। डिजाय आफैंले यसअघि पटक पटक बार्सिलोना जाने चाहना व्यक्त गर्दै आएका थिए। तर, उने पछिल्लो समय क्लबका विषयमा भने बोलेका छैनन्।

सन् २०२२ को जनवरीमा पोर्टोबाट ४५ मिलियन पाउण्डमा लिभरपुल आएका उनले त्यसयअत एन्डफिल्ड क्लबका लागि ११५ खेलमा ४६ गोल गरेका छन्। उनको सम्झौता २०२७ सम्म छ।

यता, डियाजले क्लब छाड्ने चाहना व्यक्त गरेपनि प्रशिक्षक अर्ने स्लटले कुनै प्रतिक्रिया देखाएको छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]