ब्राइटनलाई हराउँदै सिटी दोस्रो स्थानमा उक्लियो

26 Apr, 2024

डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। बिहीबार राति ब्राइटनलाई उसकै मैदानमा ४–०ले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो।

जितपछि सिटीको ३३ खेलमा ७६ अंक भएको छ। एक खेल बढी खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ।

सिटीको जितमा फिल फोडेनले २ तथा जुलियन अल्भारेज र केभिन डे ब्रुयनाले पनि गोल गरे।

केभिन डे ब्रुएनाले १७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि फोडेनले फोडेनले २६औं र ३४औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो।

जुलियन अल्भारेजले ६२औं मिनेटमा सिटीका लागि चौथो गोल गरे। त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।