म्यान्चेस्टर सिटीले सिजनको पहिलो उपाधिका रुपमा कम्युनिटी शिल्ड जितेको छ।
शनिबार राति बेम्बलीमा भएको म्यान्चेस्टर डर्बी फाइनलमा युनाइटेडलार्य पेनाल्टी सुटआउटमा ७–६ले हराउँदै सिटीले उपाधि जितेको हो।
कम्युनिटी शिल्ड प्रिमियर लिग विजेता र एफए कपको विजेताबीच सिजन सुरु हुनुअघि हुन्छ।
निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टीमा सिटीका केभिन डे ब्रुयना, अर्लिङ हालान्ड, साभिन्हो, म्याथिस नुनेज, एडर्सन, रुबिन डियास र म्यानुअल एकान्जीले गोल गर्दा बर्नार्डो सिल्भाको प्रहार युनाइटेडको गोलपिकरले बताएका थिए।
यता, युनाइटेडका जाडोन सान्चोका प्रहार सिटीका गोलपिकरले बचाउँदा जोनी इभान्सको प्रहार बाहिरिएको थियो। उसका ब्रुनो फर्नान्डेस, डिएगो डालोट, अलेजान्द्रो गर्नाचो, कासिमिरो, स्कट म्याटोमिने र लिसान्द्रो मार्टिनेजले गोल गोल गरेका थिए।
त्यसिअघि खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । ८२औं मिनेटमा उसका गर्नाचोले गोल गरेका थिए। तर, खेल सकिन एक मिनेटबाँकी छँदा बर्नार्डो सिल्भाले ओस्कार बबको क्रसमा हेडिङमार्फत गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए।