इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको खराब प्रदर्शनले निरन्तरता पाएको छ। यही क्रममा आइतबार राति भएको सिटी घरमै लिभरपुलसँग २–०ले पराजित भयो।
सिटीलाई उसकै घरमा हराउनेक्रममा लिभरपुलका लागि मोहम्मद सलाह र डोमोनिक सोबोस्लाइले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।
खेलको १४औं मिनेटमै लिभरपुलले अग्रता लियो। उसका लागि सोबोस्लाइको पासमा सलाले गोल गरेका थिए। त्यसपछि ३७औं मिनेटमा सलाहको पासमा सोबोस्लाइले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–०को अग्रता लियो।
दोस्रो हाफमा सिटीले लिभरपुलमाथि दबाब सिर्जना गरेपनि थप गोल नहुँदा लिभरपुल विजयी भयो। यो सिजन लिभरपुलले सिटीमाथि दुवै लेगमा हरायो। यस्तो भएको २०१५–१६ पछि पहिलो पटक हो।
यस्तै, लिभपुरलले पेप ग्वार्डिओला आएयता सिटीलाई उसको घरमा हराएको दोस्रो पटक हराएको हो। सन् २०१८मा इतिहादमा लिभपुल २–१ले विजयी भएको थियो।
यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ। लिभरपुलको २७ खेलमा ५४ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ५३ अंक छ। यता, सिटी भने लिभरपुलभन्दा २० अंकले पछि रहँदै ४४ अंकसहित चौथो स्थानमा छ।