ग्वार्डिओलाको सिटीलाई टोटनहमको झट्का

23 Aug, 2025

इंग्लिस प्रियिमर लिगमा टोटनहमले म्यान्चेस्टर सिटीलाई हराएको छ। शनिबार सिटीकै मैदानमा भएको खेलमा टोटनहम २–०ले विजयी भयो।

प्रियिमर लिगम पेप ग्वार्डिओलालाई सबैभन्दा दुःख दिने टिम टोटनहम हो। लिगमा टोटनहमविरुद्ध सिटीको प्रदर्शन निकै खराब छ। सन् २०१९ यता सिटीले टोटनहमलाई हराउन सकेको छैन।

यी दुईबीच भएको पछिल्ला १३ भिडन्तमा सिटीले ४ खेल मात्र जितेको छ। टोटनहले ७ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ।

शनिबार भएको खेलमा टोटनहमका लागि ब्रेन्डन जोन्सन र जोआ पालिन्हाले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

३५औं मिनेटमा काउन्टरमा रिचार्लिसनले दिएको पासमा जोन्सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा सिटीका गोलपिकर जेम्स ट्राफेर्डको गल्तीमा पालिन्हाले गोल गर्दै टोटनहमलाई २–०को अग्रता दिलाए।

दोस्रो हाफमा सिटीले टोटनहममाथि दबाब सिर्जना गरेको थियो। तर, खेलमा थप गोल नहुँदा टोटनहम २–०ले विजयी भयो।

योसँगै थोमस फ्रांकको टिम टोटनहमले लिगमा सानदार सुरुआत गरेको छ। उसले पहिलो खेलमा बर्नेलीलाई ३–०ले हराएको थियो। यता, सिटीले पहिलो खेलमा वुल्भ्सलाई ४–०ले हराएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]